ओली-प्रचण्डको वार्ताः कर्णालीमा सरकार परिवर्तन गर्न नहुने निष्कर्ष

असोज, २६ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि लागेको अविश्वासको प्रस्तावका विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीयअध्यक्षद्वयले सहजिकरण गर्ने भएका छन् ।

आज भएको अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलबाट तत्काल कर्णली प्रदेश सरकार परिवर्तन नगर्ने भएका हुन् । शाहीमाथि लागेको प्रस्वाका विषयमा उनीहरुले सहजीकरण गर्ने स्रोतले बताएको छ ।

छलफलपछि दुवै अध्यक्षले कर्णालीका नेताहरुलाई टेलिफोन गरेर ‘आवश्यक निर्देशन’ समेत दिएको बुझिएको छ ।

ओली र प्रचण्ड कर्णालीमा सरकार परिवर्तन गर्न नहुने निष्कर्षमा पुगेको बुझिएको हो ।

नेकपा कर्णालीका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा राजनीतिक गतिरोध उत्पन्न भएको थियो ।