रवि लामिछाने जेठ १८ देखि भारत भ्रमणमा जाने, राजनीतिक वृत्तमा बढ्यो चासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन् । रास्वपाका एक पदाधिकारीका अनुसार लामिछानेको तीनदिने भारत भ्रमण तय भइसकेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी जेठ १८ गते भारत प्रस्थान गरी २० गते नेपाल फर्कने कार्यक्रम रहेको छ । भ्रमणका लागि आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको बताइएको छ ।

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा उल्लेखनीय बहुमतसहित उदाएको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतमा हुन लागेको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाह लाई भ्रमणको निम्तो दिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले बधाई सन्देशसहित भारत भ्रमणको निम्तो पठाएका थिए । तर, प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण हालसम्म तय हुन सकेको छैन ।

यस्तो अवस्थामा प्रधानमन्त्रीको भ्रमणअघि नै रास्वपा सभापति लामिछानेको भारत भ्रमण हुन लागेकाले राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।