असोज, २६ काठमाडौं । पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा २२८३ जना कोरोना संक्रमित थपिएका छन् ।
नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा एक हजार ८८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
देशभर सक्रिय सङ्क्रमितको संख्या ३३ हजार ८८० छ।







