असोज, २६ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ७ पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो कुल संक्रमितको ० दशमलव ५८ प्रतिशत हो । आज मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् ।








