ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा उनीहरूबीच सामूहिक भेट र संवाद जारी छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहेको छ ।

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।