काठमाडौँ – नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको संसदीय दलको कार्यालयले बुधबार जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ। कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ।






