पोखरा, जेठ २२ । गण्डकी प्रदेश सभाले आर्थिक वर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले यहि जेठ १८ गते आइतबार पोखरा सभागृहमा बसेको प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यस अघि लगातार तीन दिनसम्म प्रस्ताव उपर छलफल भएको थियो । छलफलमा सत्तापक्षीय सदस्यहरूले प्रदेशको समृद्धि र विकासलाई लक्षित गरी नीति तथा कार्यक्रम आएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।







