काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ । लैनचौरस्थित डिडिसीको कार्यालयमा बुधबार सिआइबीको टोली पुगेको सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले पुष्टि गरे ।
उनका अनुसार डिडिसीसँग सम्बन्धित सूचनाका आधारमा प्रहरी टोली कार्यालयमा पुगेर केही कागजात नियन्त्रणमा लिएको हो ।
“डिडिसीसँग सम्बन्धित केही सूचना आएको थियो । त्यसकै आधारमा प्रहरी टोली कार्यालय पुगेको हो । हामीले पत्र काटेर केही कागजात नियन्त्रणमा लिएका छौँ,” श्रेष्ठले भने ।
उनले अनुसन्धान जारी रहेको बताउँदै थप विवरण खुलाउन चाहेनन् ।






