असोज, २५ धादिङं । कोभिड–१९ सङ्क्रमणका कारण धादिङबेँसीका एक युवाको मृत्यु भएको छ । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका–३ का २२ वर्षीय युवाको असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका ती युवकको आज बिहान मृत्यु भएको हो । यो सहित धादिङमा कोरोना सङ्क्रमणका कारण सातजनाको मृत्यु भएको छ ।






