बसका सबै सिटमा यात्रु राख्न पाइने, भाडा पहिले जत्तिकै

असोज २७, काठमाडौं ।
सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय सरकारले उल्टाएको छ । सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णयसँगै सरकारले एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।

अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।