काठमाडौं । नेपाली बजारमा सुनको भाउ आजमात्र २० हजार ५ सय रूपैयाँले बढेको छ । शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन आइतबार २० हजार ५ सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ११ हजार एक सय रूपैयाँ पुगेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ३४५ रूपैयाँ मूल्यमा कारोबार भइरहेको छ ।






