काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो पटक संसद्को रोस्ट्रममा उभिएका छन् ।
२०८२ फागुन २१ गतेको निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री शाह रोस्ट्रममा उभिएका हुन्।
गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गर्दा बीचमै उठेर हिँडेका उनी त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत गर्दा संसद्मा आएका थिए।
त्यसपछि आइतबार बसेको संसद् बैठकमा उभिएर उनले सांसदहरूको जवाफ दिन लागेका हुन् ।






