काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले घटेर तोलामा ३ लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा ३ लाख ११ हजार १०० कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ५ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।







