असोज, २७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच आज पनि भेट वार्ता भएको छ ।
स्रोतका अनुसार ओली प्रचण्डबीच मुख्यमन्त्री शाहीको अविश्वास प्रस्तावबारे छलफल भइरहेको छ । यसअघि सोमवार पनि प्रचण्डले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटी प्रस्ताव फिर्ता लिनको आग्रह गरेका थिए । नेपाल पक्षका सांसदहरु भने प्रस्ताव फिर्ता लिने पक्षमा पुगेका छन् भने ओलीले भने कुनै प्रतिक्रिया दिएका छैनन् । आजको बैठकमा उक्त विषयमा छलफल हुने बुझिएको छ ।
आजको बैठकले दुवै अध्यक्षले प्रदेशमा निर्देशन पठाउने गरी छलफल हुने स्रोतको दावी रहेको छ । त्यस्तै अहिले दुवै पक्ष सहमती खोज्नका लागि छलफलमा जुटेका छन् ।







