बागलुङ । ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ ।
ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुन छहारी गाउँपालिका–३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो ।
डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पतालमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्रप्रसाद प्रसाईँले जानकारी दिए । डोजर चालकलाई नियन्त्रणमा लिइएको छ भने विकको शव सोही अस्पतालमा राखिएको छ ।







