पोखरामा कुखुराको मासुको मूल्य प्रतिकिलो ४३० तोकियो

पोखरा – पोल्ट्री व्यवसायी संघ कास्कीको ८३/०२/२३ गते बसेको बैठकले कुखुराको खरिद तथा बिक्री मूल्य पुनः निर्धारण गर्ने निर्णय गरेको छ।

बैठकको निर्णयअनुसार ०८३/०२/२४ गतेदेखि लागू हुने गरी जिउँदो कुखुराको किसान खरिद मूल्य प्रतिकिलो रु २९० कायम गरिएको छ। त्यसैगरी, होल चिकेनको बिक्री मूल्य प्रतिकिलो रु ४३० निर्धारण गरिएको संघले जनाएको छ।

संघका अनुसार बजारको वर्तमान अवस्था, उत्पादन लागत तथा व्यवसायीहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ मूल्य निर्धारण गरिएको हो। नयाँ मूल्य लागू भएसँगै कास्की जिल्लाभित्रका पोल्ट्री व्यवसायीहरूले सोही मूल्यसूचीअनुसार कारोबार गर्नेछन्।

पोल्ट्री व्यवसायी संघ कास्कीले सम्बन्धित सबै व्यवसायी, किसान तथा उपभोक्ताहरूलाई निर्धारण गरिएको मूल्य कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।

संघका अनुसार बजार अवस्था, उत्पादन लागत तथा व्यवसायीहरूको सुझावका आधारमा नयाँ मूल्य तय गरिएको हो। निर्धारण गरिएको मूल्य कास्की जिल्लाभर लागू हुने जनाइएको छ।