कर्णाली प्रदेशको विवादबारे छलफल गर्न पदाधिकारीलाई केन्द्र डाकियो

असोज, २७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफलका लागि पदाधिकारीलाई केन्द्रमा डाकेको छ ।

आज दिउँसो अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहित महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माबीच भएको छलफलबाट सबै पदाधिकारीलाई छलफलका लागि काठमाडौँ बोलाउने निर्णय गरेको हो ।

कमिटी पदाधिकारीलाई बिहीबार केन्द्रमा बोलाइएको बुझिएको छ ।

नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन् भने सह इन्चार्ज यमलाल कँडेल हुन् । उनीहरुले नै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दलको नेताबाट हटाउन अविस्वास प्रस्ताव ल्याउने नेतृत्व गरेका थिए ।