सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार तीन सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।