काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १:१५ बजे बस्नेछ ।
आजको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल र त्यसको जवाफमा केन्द्रित हुने जनाइएको छ ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको जनाइएको छ ।








