सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर तोलामा २ लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा २ लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर चार हजार ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार भने चाँदी तोलामा ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।