काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) रास्वपाको बन्द सत्रमा पुगेका छन् ।
चितवनमा जारी रास्वपाको महाधिवेशनको बन्द सत्रमा सुरुमा बालेन उपस्थित भएका थिएनन् । उनी उपस्थित नभए पनि रास्वपाको बन्द सत्र उद्घाटन गरिएको थियो ।
रास्वपाको महाधिवेशन आइतबार चितवनमा उद्घाटन भए पनि बन्द सत्र भने प्रतिनिधि विवादका कारण ढिलो सुरु भएको हो







