काठमाडौं, जेठ २३ : कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको सरकारले आजदेखि उद्धार सुरू गरेको छ ।
पहिलो चरणमा आज म्यानमारबाट सैनिक जहाजमा २६ र युनाइटेड अरब इमिरेट्स (युएई) बाट चाटर्ड बिमानमा २१० जना नेपालीलाई ल्याउन लागिएको हो ।
उद्धार गरेर ल्याइने नेपालीहरूलाई सेनाले तयार पारेको बिभिन्न होल्डिङ सेन्टरमा राखिनेछ ।
(तस्बिरमा: नेपाली सेनाले बेवस्थापन गरेको होल्डिङ्ग यार्डमा भएको मक तयारी )












