विशेषका अध्यक्ष र दुई सदस्य फेरिए, उच्चका ८४ न्यायाधीशको सरुवा

२९ असोज, काठमाडौं ।
न्याय परिषद्ले ८४ जना उच्च अदालतका न्यायाधीशको सरुवा गरेको छ । परिषद्को बुधबार बसेको बैठकले विशेष अदालतका अध्यक्ष र दुई जना सदस्यको समेत सरुवा गरेको छ ।

विशेषका अध्यक्ष शिवराज अधिकारीको स्थानमा उच्च अदालत दिपायलका प्रेमराज कार्कीलाई ल्याइएको छ । सदस्यमा उच्च अदालत सुर्खेतका अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याउने निर्णय भएको छ ।

विशेषमा अध्यक्षसहित ६ जना रहन्छन् । पहिलेका अध्यक्ष अधिकारीलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सरुवा गरिएको छ ।

यसैगरी विशेषकै सदस्य रवि शर्मा अर्याललाई उच्च अदालत जनकपुरको राजविराज इजलास पठाइएको छ । अर्का सदस्य चन्द्रबहादुर सारुलाई भने जनकपुरकै वीरगञ्ज इजलासमा पठाउने निर्णय भएको छ ।

हाल विशेष अदालतका सदस्य रहेका कृष्ण गिरीलाई पनि जनकपुर उच्च अदालतकै वीरगञ्ज इजलासमा सरुवा गर्ने निर्णय भएको छ ।

परिषद्ले पाटनका न्यायाधीश मुहोम्मद साबिर हुस्सैनलाई हेटौंडा इजलास पठाउने निर्णय गरेको छ । सुर्खेतमा कार्यरत विनोद शर्मा, उच्च अदालत जनकपुरका भीमकुमार ओझा, त्यहीँका शेखरचन्द्र अर्याल, विपुल न्यौपानेलाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ ।

विराटनगरका महेश शर्मा पौडेल, विराटनगरका अच्युत विष्ट र पोखराका सुभाष पौडेललाई पनि पाटनमा ल्याउने निर्णय भएको छ । साथै बुटवल इजलासका दुर्गाबहादुर विश्वकर्मा, दीपेन्द्र बहादुर बम र धनकुटा इजलासकी बबिता उप्रेतीलाई पनि पाटन सरुवा गरिएको छ ।

बैठकले हेटौंडा इजलासका महेन्द्रनाथ उपाध्याय, विराटनगरका मुुहोम्मद जुनैद अजाद, तुलसीपुरका विमल सुवेदी, ओखलढुंगा इजलासका विमल कुमार पोखरेल र विराटनगरका नरिश्वर भण्डारीलाई पनि पाटन उच्च अदालत ल्याउने निर्णय गरेको छ ।
सरुवा भएका न्यायाधीशको सूची :