विष्णु पौडेलको चौथो पटक ५ दिनको म्याद थपियो

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विशेष अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार पौडेलको हिरासत अवधि थप ५ दिन बढाउने आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा गत ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि क्रमशः ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो।

यता, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट भने सर्वोच्चले खारेज गरिसकेको छ।