कालीकोट। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ स्थित पोरिबनको माथिल्लो काभ्रे खोलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय लालबहादुर साउद र मन्दिर साउद रहेका छन्। उनीहरू पानीघट्टमा पिठो पिस्न गएका बेला माथिबाट अचानक खसेको पहिरोमा परेका थिए। स्थानीयका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।






