सुनचाँदी बजारमा गिरावट, प्रतितोला कति हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १ हजार २०० रुपैयाँले घटेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३७५ रुपैयाँ थियो ।