प्रतिनिधिसभा बैठक साउन १४ सम्मलाई स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित गरिएको छ।

आज बसेको प्रतिनिधिसभा बैठकको अन्त्यमा सभामुख डीपी अर्यालले अर्को बैठक साउन १४ गते बस्ने जानकारी गराएका हुन्।

बैठक स्थगित अवधिमा सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्न उनले आग्रह गरे। जनताका समस्या, गुनासा र अपेक्षाहरू बुझेर आगामी बैठकमा सरकारको ध्यानाकर्षण गराउन पनि उनले सांसदहरूलाई अनुरोध गरे।

यसअघि आज नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। उक्त बैठकमा साउन १४ गते प्रतिनिधिसभाको अर्को बैठक बोलाउने सहमति भएको थियो।