काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैतडीले २०८३ साउन १ गतेदेखि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवाहरू सेवाग्राही कार्यालय प्रवेश गरेको एक घण्टाभित्र उपलब्ध गराउने व्यवस्था लागू गर्ने भएको छ।
कार्यालयका अनुसार ’एक घण्टाको सेवाको औपचारिक घोषणा २०८३ साउन १ गते दिउँसो १:०० बजे जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरिनेछ।
उक्त कार्यक्रममा नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणलाई सहभागी हुन जिल्ला प्रशासन कार्यालयले सादर अनुरोध गरेको छ।
कार्यालयले सेवा प्रवाहलाई थप छिटो, प्रभावकारी र सेवामुखी बनाउने उद्देश्यका साथ ‘वन आवर सर्भिस’ सञ्चालनमा ल्याउन लागेको जनाएको छ।






