विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामा राख्न वा धरौटी माग गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको हो ।

अदालतले पौडेलको संलग्नता तत्काल उपलब्ध प्रमाणबाट पुष्टि नभएको, उनले आरोप अस्वीकार गर्दै बयान दिएको तथा दीपक भट्टसँग उनको कुनै वित्तीय कारोबार वा सम्पत्ति तथा लाभ प्राप्त गरेको प्रमाण नदेखिएको आधारमा साधारण तारेखमा मुद्दा अघि बढाउने निर्णय गरेको जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत ८ असारमा सुर्खेतबाट पौडेललाई नियन्त्रणमा लिएको थियो । त्यसपछि पटकपटक म्याद थप गरी उनीमाथि अनुसन्धान गरिएको थियो ।