प्रधानमन्त्री साहले हस्तकला महासंघसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे हुने छलफलमा नेपालको हस्तकला क्षेत्रको विस्तार, प्रवर्द्धन तथा निर्यात प्रवर्द्धनका विषयमा कुराकानी हुने जनाइएको छ ।

छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा हस्तकला निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन् ।