काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनासहित समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकको आह्वान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरेका हुन्।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, रास्वपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्मु ओली तथा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत नेताहरूको उपस्थिति रहेको छ।






