म्यानमारबाट आएकालाई होल्डिङ यार्ड पुर्याए नेपाली सेनाले (फोटो सहित)

सरकारले उद्धार गर्ने क्रममा पहिलो चरणमा म्यानमारबाट सैनिक जहाजमा आएका २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धारामा रहेको होल्डिङ यार्डमा पुराइएको छ । उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा राखिनेछ ।

म्यानमार सरकारले आफ्नै खर्चमा नेपालीहरूलाई ल्याइदिएको हो। साेहि जहाजले नेपालबाट फर्कदा ४३ जना म्यानमारका नागरिक लिएर फर्कने त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले बताए। 

यसअघि गत फागुनमा चीनको वुहानबाट विमान चार्टर गरी नेपाली विद्यार्थी सहित १७५ जना नेपाली नागरिकलाई नेपाल ल्याइएको थियो।

फोटो : बिनोद कटुवाल