प्रमुख निर्वाचन आयुक्तमा कार्की, दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस भएका तीन जनाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ।

बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको हो।

निर्वाचन आयुक्तका लागि सिफारिस भएका वाग्ले र सुब्बाको संसदीय सुनुवाइ मंगलबार सम्पन्न भएको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका कार्कीको सुनुवाइ बुधबार गरिएको हो।