असोज, ३० काठमाडौं । सुजन लम्सालको शब्द तथा संगीत रहेको गीतमा बलबहादुर गुरुङ (बिबि) र मनमाया वाईवाको स्वर रहेको लोक तथा दोहोरी गीत ‘बाँसैको चोयाले’ सार्वजनिक भएको छ ।
कोरस गायन समेत समेटिएको गीतमा गीता सेन्चुरी, सरु थापा, गंगा पुन, सुखदेव अधिकारी लगायतले कोरस गायनमा स्वार दिएका छन् ।
मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा निर आले र रुबिना अधिकारी मुख्य मोडलको रुपमा देखिएका छन् ।
भिडियोमा करन चैसिरको छांयाकन, मनोज कार्कीको सम्पादन रहेको छ ।







