काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएर छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका डा. धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन्।
उनीहरूले नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राखेका छन्। पार्टीको सभापतिमा डा. धवल शमशेर जबरा र सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहने तय गरिएको छ।
नयाँ दल दर्ताका लागि उनीहरू साउन २८ गते निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने तयारीमा छन्।







