नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा आवेदन खुला

काठमाडौं – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको छ।

कृषि वन तथा पर्यावरण मन्त्रालयले २०८३/४/२८ गते सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदनसम्बन्धी विस्तृत विवरण कृषि, वन तथा वातावरण मन्त्रालयको वेबसाइट र नेपाल कृषि अनुसन्धान परिषद्को वेबसाइटमा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र आवेदन बुझाउन सकिनेछ।