काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा आयोजना हुने टप एन्ड टी–२० सिरिज खेल्न जाने नेपाल ए टोलीको आइतबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो।
क्यानका उपाध्यक्ष रोशन सिंहलगायतले नेपाली टोलीलाई बिदाइ गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित सफलताको शुभकामना दिए।
अनिल साहको कप्तानीमा १५ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा भइसकेको छ। ओडीआई टोलीमा समावेश नगरिएका ओपनिङ ब्याटर कुशल भुर्तेल पनि टप एन्ड खेल्ने टोलीमा छन्।
डार्विनमा अगस्ट २१ देखि ३० सम्म सञ्चालन हुने प्रतियोगिताको लिग चरणमा नेपालले ६ खेल खेल्नेछ। नेपालले पहिलो खेल अगस्ट २१ मा एनटी स्ट्राइकसँग खेल्नेछ। त्यसपछि अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले गत संस्करणमा पनि सहभागिता जनाएको थियो। त्यतिबेला नेपालले ६ खेलमा दुई जित निकाल्दा चार खेलमा पराजय व्यहोरेको थियो।
नेपालको टोली:
अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल।
नेपालको खेल तालिका:
अगस्ट २१ — एनटी स्ट्राइकविरुद्ध नेपाल
अगस्ट २२ — नेपाल विरुद्ध बंगलादेश हाई–परफर्मेन्स
अगस्ट २४ — नेपाल विरुद्ध होबार्ट हरिकेन्स एकेडेमी
अगस्ट २६ — नेपाल विरुद्ध एसीटी कोमेट्स
अगस्ट २७ — नेपाल विरुद्ध किङ्समेन
अगस्ट २९ — नेपाल विरुद्ध भिक्टोरिया







