काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राकृतिक विपद्का कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै भदौ १३ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएका छन् ।
मन्त्री पोखरेलले विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिँदै बाढी, पहिरोलगायत प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएकाले परीक्षा स्थगित गर्न भनेका हुन् ।
यस्तै, भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि उनले विश्वविद्यालयहरूलाई निर्देशन दिएका छन् ।







