काठमाडौँ, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र बेपत्ताको खोजी कार्य पूरा गरिएको छ। खोजीका क्रममा सुरुङभित्र कुनै व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार करिब २५० मिटर लामो सुरुङमा उद्धार टोली २२५ मिटरसम्म भित्र प्रवेश गरी खोजी गरेको थियो। तर, त्यहाँ कुनै व्यक्ति नभेटिएपछि टोली बाहिर फर्किएको हो।
खोजीका क्रममा सुरुङभित्रको अवस्थाबारे जानकारी लिन ड्रोनसमेत प्रयोग गरिएको सेनाले जनाएको छ।







