भदौ १९ देखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले चितवनलाई आधार मानेर अण्डाको नयाँ फार्म बिक्री मूल्य निर्धारण गरेको छ।

संघले देशभरका अण्डा उत्पादकसँगको राय, परामर्श तथा सिफारिसका आधारमा भदौ १९ गतेदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको जनाएको छ।

नयाँ मूल्यअनुसार एक क्रेट (३० वटा) अण्डाको फार्म मूल्य यस्तो छ :

एक्सएल अण्डा (१४५–१६५ ग्राम) : ६१० रुपैयाँ

ठूलो अण्डा (१३५–१४५ ग्राम) : ५९० रुपैयाँ

मिडियम अण्डा (१२५–१३५ ग्राम) : ५३५ रुपैयाँ

सानो अण्डा (१२५ ग्रामभन्दा कम) : ३३० रुपैयाँ

संघका अनुसार उपभोक्ता मूल्यमा ठूलो अण्डामा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डामा प्रतिगोटा २ रुपैयाँ थप हुने व्यवस्था गरिएको छ।

नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलले निर्धारित मूल्यअनुसार अण्डाको कारोबार गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेका छन्।