अपर त्रिशूली हाइड्रो २१६ बाट एक जनाको जीवितै उद्धार गरिएको छ ।

काठमाडौं । बाढीको ११ दिनपछि अपर त्रिशूली हाइड्रो-२१६ बाट चामत्कारिक रूपमा एक जनाको जीवितै उद्धार गरिएको छ । 

नेपाली सेनासहितको उद्धार टोलीले शनिबार मध्यान्ह त्रिशूली हाइड्रो २१६को सुरूङबाट एक जना चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो । 

उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको उद्धारमा संलग्न उद्धारकर्मीहरूले जनाएका छन्र । 

यसअघि उद्धार टोलीले शुक्रबार त्रिशुली ३ए बाट सञ्जय साह र कविर महर्जनलाई उद्धार गरेको थियो ।