टिमुरेस्थित नेपाल-चीन सीमामा राष्ट्रिय झण्डा पुन:स्थापित गरियो

काठमाडौँ । रसुवाको टिमुरेस्थित नेपाल-चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तर्राष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भीर पार गरी सीमा नाकामा झण्डा राखेको प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।