काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुल्शन झाले अविजित ४४ रन तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए ।
त्यसअघि इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रनको योगदान दिए । साउदीका इस्तियाख अहमद र मुहम्मद आतिफले २–२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो । उसका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए भने मोहम्मद आतिफले ३० र मोहम्मद हिशम शेखले १८ रन जोडे ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए । ललित राजवंशीले २ तथा शेर मल्लले १ विकेट हात पारे ।
नेपालले यसअघि समूह चरणमा बहराइन र मलेसियालाई पराजित गरेको थियो । अब नेपालले मंगलबार हङकङसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । उक्त खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ ।







