रसुवा बाढीः बाढीबाट ज्यान गुमाउनेको संख्या १३६७ पुग्यो

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान ११ बजे सार्वजनिक गरिएको विवरणअनुसार मृतकमध्ये ५३३ जना पुरुष र ३३१ जना महिला छन्। त्यस्तै, ५०३ जनाको आंशिक अंग फेला परेको छ। हालसम्म १०२ वटा शव सम्बन्धित आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

शव पहिचान गरी परिवारलाई हस्तान्तरण गर्ने प्रयोजनका लागि १ हजार २८६ शवको डीएनए नमुना संकलन गरिएको छ। मृतकका १ हजार ४१२ जना आफन्तको पनि डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

डीएनए परीक्षणबाट शवको पहिचान खुलेपछि सम्बन्धित परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।