सेयर बजारमा करेक्सन, नेप्से १५ अंकले घट्यो

काठमाडौं । लगातार चार कारोबार दिन बढेको सेयर बजारमा बुधबार करेक्सन देखिएको छ । आज बजारका सबैजसो प्रमुख सूचक घट्दा नेप्से परिसूचक १५.४३ अंकले ओरालो लागेर २ हजार ५४५ अंकमा कायम भएको छ ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । मंगलबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

आज ७४ कम्पनीको सेयर मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रूपमा विकास बैंक सर्वाधिक २.३७ प्रतिशतले घटेको छ ।

बैंकिङ समूह ०.१६, फाइनान्स १.०८, होटल तथा पर्यटन १.३८, जलविद्युत् ०.४९, लगानी ०.८२, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा १.५७, अन्य ०.५२ र व्यापार समूह १.५६ प्रतिशतले घटेका छन् ।

बुधबार अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशत बढेको छ । शुभम् पावर ६.४०, बाराही हाइड्रोपावर ५.७९ र इङवा हाइड्रोपावर ३.६६ प्रतिशतले बढेका छन् ।

यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई मुक्तिनाथ विकास बैंकले एक्विजिसन गर्ने समझदारी भएयता दुवै कम्पनीको सेयर मूल्य निरन्तर दबाबमा देखिएको छ ।

त्यस्तै कालिन्चोक दर्शन १४.२८, उपकार लघुवित्त १२.०४, मुक्तिनाथ विकास बैंक ७.९८, त्रिशूली जलविद्युत् ७.६०, सप्तकोशी विकास बैंक ७.३३, नेपाल फाइनान्स ६.४४ र मैलुङखोला जलविद्युत् ६.३२ प्रतिशतले घटेका छन् ।

आज कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर र इमर्जिङ नेपाल अगाडि रहे ।