नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

काठमाडौँ । नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाल र बङ्गलादेशबीचको शृङ्खला सन् २०२७ मार्च २६, २८ र ३० तारिखमा (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

क्यानले बङ्गलादेशलाई नेपाल भ्रमण गरी द्विपक्षीय टी–२० शृङ्खला खेल्न गरेको प्रस्तावलाई बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सकारात्मक रूपमा स्वीकार गरेको हो।

शृङ्खलाअन्तर्गत तीनवटै खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने क्यानले जनाएको छ।