बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ। बिहीबार सुनको मूल्य २ हजार ३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चालु सातामा सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। आइतबार प्रतितोला १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको सुन सोमबार १ हजार २०० रुपैयाँले घट्दै ३ लाख १ हजार रुपैयाँमा झरेको थियो।

त्यसैगरी, मंगलबार सुनको मूल्य ९०० रुपैयाँले घटेर ३ लाख १०० रुपैयाँ कायम भएको थियो। बुधबार भने १ हजार ७०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको सुन बिहीबार पुनः २ हजार ३०० रुपैयाँले घटेको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १५० रुपैयाँले बढेर ४ हजार ७७५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर ४ हजार ६२५ रुपैयाँमा झरेको थियो।

यसअघि बुधबार चाँदी ८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको थियो भने मंगलबार २० रुपैयाँले घटेर ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँ र आइतबार ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ कायम भएको थियो।