काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
श्रेष्ठ यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।
यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारले वैशाख १९ गते जारी गरेको अध्यादेशका कारण स्वतः पदमुक्त भएका थिए। त्यसपछि शाक्यलाई अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट हटाएका थिए।
सर्वोच्च अदालतले परमादेश जारी गरेपछि शाक्य पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा बहाल भएका थिए।





