काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली टोली आज आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएको छ ।
मन्त्री खनालको टोली आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार न्युयोर्कमा रहँदा मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन् ।
यसैगरी, उनले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।
यसैबीच, प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल पनि महासभामा सहभागी हुन असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।






