सप्तरीमा २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट प्रहरीले २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

नियमित गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घरमा तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट आठ पोका गरी कुल ६४ पोका गाँजा बरामद गरिएको हो । गाँजासहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।